arrow

नेपालको प्रजातन्त्र आन्दोलनका सहिद गोकर्ण कार्कीकी आमाको निधन

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
qqq.jpeg
काठमाडौं । नेपालको प्रजातान्त्र आन्दोलनका सहिद गोकर्ण कार्कीकी आमा गंगामाया कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ । २०३१ सालको सशस्त्र क्रान्तिमा सहभागी भएका कारण लिला दाहाल, ठगी दाहाल, गोकर्ण कार्की र पेशल दाहाललाई पंचायती शासकले क्रुरतापूर्वक हत्या गरेका थिए ।
 
 स्वर्गीय गंगामायाका ४ छोरा र एक छोरी छन् । लामो समयदेखि दम रोगबाट पिडित कार्कीको उपचारका क्रममा शनिवार राति मेडिकेयर अस्पतालमा निधन भएको हो । 
उनको आइतवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 
 
उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता कार्यकर्ता पशुपति आर्यघाटमा पुगेका थिए । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको झण्डा ओढाएर स्वर्गिय गंगामायालाई अन्तिम विदाई गरेका थिए । 
 
वरिष्ठ नेता पौडेलले समवेदना व्यक्त गर्दै नेपाली कांग्रेस र आफूले एक असल अभिभावक गुमाएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ