arrow

लिभरपुलको पराजयले सामाजिक संजालमा तरंग

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
liverpool-loss.jpeg

एजेन्सी । पछिल्लो चरणमा इङ्गलिश प्रिमियर लिग रोचक बनेको छ । शनिबार राति एन्फिल्डमा पनि त्यस्तै रोचक खेल भयो । लिभरपुल घरेलु मैदानमै पराजित हुनुले फुटबल समर्थकलाई तरंगित बनाएको छ ।

एन्फिल्डमा लिभरपुललाई स्वेन्सी सिटीले ३–२ ले हराएसँगै क्लब फुटबल समर्थक तरंगित बन्न पुगेका हुन् । लिभरपुल र स्वेन्सीबीचको खेललाई लिएर सामाजिक संजाल ट्वीटरमा हंगामा भएको छ । ट्वीटरमा #LIVSWA नामक ट्रेण्ड पहिलो नम्बरमा छ ।

एन्फिल्डमा स्वेन्सीलाई विजयी गराउन फर्नान्डो लोरेन्टेले दुई तथा   जिल्फी सिगुर्डसनले निर्णायक एक गोल गरे । लिभरपुलका रोबर्टो फर्मिनोले दुई गोल फर्काएपनि हार टरेन । फुटबल समर्थक हाँसे ।

यो हारले लिभरपुल दोस्रो स्थान पुग्न चुकेको छ भने टोटनह्यामले पछारेको छ । लिभरपुलको २२ खेलबाट ४५ अंक छ भने, लिभरपुललाई पछारेको टोटनह्यामको ४६ अंक भएको छ । शीर्ष स्थानको चेल्सीको भने ५२ अंक छ ।

The Swans' January signing Tom Carroll jumps on the Iceland international in celebration as they pulled off a shock victory 

Liverpool star Roberto Firmino rifles his shot into the back of the net to make it 2-2 against struggling Swansea City 

Firmino pulls a goal back for Liverpool after meeting James Milner's cross with this well-placed header to make it 2-1

Swansea City striker Llorente wheels away in celebration after opening the scoring against Liverpool at Anfield



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ