arrow

अष्ट्रेलियन ओपन: विश्व नं १ एण्डी मर्रे चौथो चरणबाट बाहिरिए

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
murray-new.jpg.jpeg
मेलबर्न। विश्व बरियतामा नं १ रहेका एण्डी मर्रे अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणबाट बाहिरिएका छन्। विश्व बरियतामा ५०औं नंमा रहेका मिस्चा जिभरेवले ७-५, ५-७, ६-२, ६-४ को सेटमा मर्रेलाई पराजित गरेका हुन्।
 
सन् २००९ पछि पहिलो पटक मर्रे चौथो चरणबाट बाहिरिएका हुन्। सन् २०१६मा राम्रो फर्ममा रहेका मर्रेले सन् २०१७को अष्ट्रेलियन ओपन उपाधी जित्ने दाउमा रहेका थिए। 
 
मर्रेले दुई पटक विम्बलडन र एक पटक अमेरिकी ओपन जितेका छन् भने पाँच पटक अष्ट्रेलियन ओपनको फाईनलमा पराजित भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ