arrow

राजेश हमाल भन्छन्,‘सकुन्तलाको कथा सस्पेन्स छ ।’

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
rajesh_hamal.jpg.jpeg
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा महानायकका रुपमा परिचित राजेश हमाल आफुले खेलेको फिल्ममा आफ्नो भूमिकाबारे कमै मात्र कुरा बोल्छन् । मंगलबारबाट सुटिङका लागि फ्लोरमा जाँदै गरेको फिल्म ‘सकुन्तला’मा प्रमुख भूमिकामा देखिन लागेका हमालले यो फिल्मको बारेमा आफ्नो भूमिकाबारे पनि रहस्यमयी तरिकाले बोले ।

फिल्म युनिटले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा हमालले आफ्नो भूमिका बारे रहस्यमयी कुरा गरे । ‘यो फिल्ममा सकुन्तला जो पनि हुन सक्छ, म पनि हुन सक्छु, नायिकाज्यू पनि हुन सक्नुहुनेछ, अथवा अन्य कोही कलाकार पनि हुन सक्छ,’हमालले भने,‘फिल्म अहिले प्रि प्रोडक्सनमा भएको हुनाले को सकुन्तला बन्छ भन्ने कुरा अहिले नै सार्वजनिक गर्न उपयुक्र्त हुँदैन ।’ उनले फिल्मको कथा नौलो किसिमको भएकाले फिल्म रहस्यमयी हुने दाबी गरे । 

फिल्मकी नायिका अनु शाहले आफु फिल्ममा महिला पत्रकारको भूमिकामा देखिने भए पनि राजेश हमालको अपोजिटमा नहुने खुलाईन् । ‘तर सकुन्तला म नै हो चाहिँ अहिले भन्न सक्दैन ।’ उनले भनिन् ।

फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मले महिला प्रधानतलाई प्राथमिकता दिने जनाउँदै फिल्म एक्सन किसिमको हुने बताए । ग्रीनहिल भीएफएक्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा दिनेशकै छायांकन र लेखन छ भने निर्माता महेश्वर खत्री र श्रीपसा खत्री छन् । दिनेश श्रेष्ठ र मास्कर प्रधानाङ्ग कार्यकारी निर्माता रहेको फिल्ममा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदीपकुमार उदय, प्रदीप ढकाल र शिवन श्रेष्ठको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेलको संगति, अष्ट महर्जनको द्वन्द्व, माइकल चन्दको गीत रहनेछ । दिनेशले यसअघि कामचोर र तिम्रो मनको मान्छे म फिल्मको निर्देशन गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ