arrow

संशोधन विधेयक पास त के अब सच्याउन समेत पाइँदैन : ओली

अब हामीलाई कसैले हराउन सक्दैन

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
Pm-Kp-Oli-new-pose.jpeg

कास्की । एमाले अध्यक्ष केपी ओलीले सरकारले संसदमा टेबुल गरेको  संविधान संशोधन विधेयक सच्याउन र परिमार्जन गर्न समेत नपाइने बताएका छन् । संशोधन विधेयक अघि बढाउन खोजिए आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिँदै ओलीले संविधान संशोधनको विषय जनताको आवश्यकता होइन भने ।

एमाले केन्द्रीय मोर्चा संगठन कमिटीको राष्ट्रिय भेला तथा प्रशिक्षणमा आइतबार ओलीले राष्ट्र हित विपरीतका गतिविधि बढ्दै गए एमाले आन्दोलनमा होमिने बताएका हुन् । ओलीले भने, ‘वर्तमान समस्या चिर्ने तागत एमालेसँग मात्रै छ ।   संविधान संशोधनका लागि सरकारले एउटा पार्टीको एउटा व्यक्ति र एउटा मन्त्रालय दिएर कमजोर त्यान्द्रा समातेको छ ।’

अहिले नै संविधान संशोधनको आवश्यकता नभएको भन्दै ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै समस्या आए समयक्रममा सच्चाउन सकिने तर्क गरे । संशोधन विधेयक राष्ट्रिय एकतालाई मजबुत बनाएर देशलाई समृद्धि बनाउने भन्दा पनि भौगोलिक अखण्डतालाई कमजोर पार्ने र बिग्रह मच्चाएर नेपाललाई कमजोर पार्ने उद्देश्यले आएको ओलीको जिकिर छ ।

कार्यकर्तालाई निर्देशित गर्दै ओलीले भने, ‘अब हामीलाई कसैले हराउन सक्दैन । आफै सक्रिय भएनौं भने फेरि हामीलाई कमजोर पार्ने अनेक खेल खण्ड हुन सक्छन् ।’ ओलीले पार्टीमा प्रवेश गर्नेको लाइन लागेको सुनाउँदै अब दिनकै एउटा कार्यक्रम पार्टी प्रवेशको राख्न सकिएन भने अर्कै अर्कै हुन थालिसक्यो भन्दा सहभागि गलल हाँसे ।

ओलीले भने, ‘हामीसँग जनताको बहुदलीय जनवाद छ ।’ हाँस्दै ओलीले थपे, ‘हामी ह्यान्डसम र ब्यूटिफुल त त्यसै छँदै छौं । तर, त्यतिले कहाँ हुन्छ । हाम्रो विचार कुना कुना सम्म फैलाउने तागत तपाइहरुनै हो ।’ राष्ट्रिय भेलामा एमालेका २० वटा विभिन्न मोर्चा संगठनका ४ सय बढी सहभागि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ