arrow

रामप्यारीमा रोमान्टिक देखिए रेखा र सबिन(भिडियो)

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Rekha-Thap.jpg.jpeg
काठमाडौं । आगामी चैत्र २६ बाट अल नेपाल रिलिज हुन लागेको रेखा थापाको फिल्म ‘रामप्यारी’को रोमान्टिक गीत सार्वजनिक भएको छ ।

राजेशपायल राई र मनिषा पोखरेलको स्वरमा रहेको ‘अर्को जुनी’बोलको गीतमा रेखा र नायक सबिन श्रेष्ठले रोमान्स गरेका छन् । गीतमा रेखाकै संगीत रहेको छ भने गीत किरण खरेलले लेखेका हुन् ।

रेखा थापा फिल्मस् प्रालिले निर्माण गरेको फिल्ममा सबिर श्रेष्ठको निर्देशन छ भने सरस्वती थापा निर्माता छिन् । निर्मात्री सरस्वती नायिका रेखाकी आमा हुन् । फिल्मले महिला टेम्पो चालकको कथा प्रस्तुत गरेको छ । 

गीतमा रामजी लामिछानेको कोरियोग्राफी, शम्भु ढकालको छायांकन छ । फिल्ममा रेखा र सबिनसहित आस्मा डिसी, आभाष अधिकारीको पनि अभिनय रहेको छ । आभाषले यसै फिल्ममार्फत रजतपटमा डेब्यु गरेका हुन् । फिल्ममा रेखा ट्याम्पो ड्राईभरको भूमिकामा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ