arrow

पाकिस्तान विरुद्दको चौथो एकदिवशीय खेलमा अष्ट्रेलिया बिजयी

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
258206.jpeg
अष्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तान अष्ट्रेलिया विरुद्दको चौथो एकदिवशिय खेलमा ८६ रनले पराजित भएको छ। सिड्नी क्रिकेट मैदानमा भएको उक्त खेलमा टस जित्दै  ब्याटिङ्ग रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउदै ३ सय ५३ रनको विशाल योगफल तयार गरेको थियो। उसका लागि  खेलको 'प्लेयर अफदि म्याच' डेविड वार्नरले १ सय ३० रन बनाए भने ग्लेन म्याक्सवेलले आक्रमक ७६ रनको पारी खेले।बलिङ्गमा पाकिस्तानका लागि हसन अलीले ५ विकेट हात पारे पनि अन्य बलरले साथ दिन नसकेपछि अष्ट्रेलियाले ठुलो रन स्कोरबोर्डमा खडा गरेको थियो। 
 
३ सय ५४ रनको विशाल बिजयी लक्ष्य सहित जबाफी ब्याटिङ्गका लागि मैदानमा उत्रिएको पाकिस्तान ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै २ सय ६७  रनमा समेटिन पुग्यो। उसका लागि शर्जील खानले सर्वाधिक ७४ रनको योगदान दिए। पाकिस्तानी ब्याटिङ्गलाइनलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका लागि अदम जाम्पा तथा जोश हेजलवुडले समान ३-३ विकेट लिए।
 
 यो जितसँगै अष्ट्रेलिया पाकिस्तान विरुद्द्को ५ एक दिवशिय खेलको श्रृखंलामा ४ खेलबाट  ३-१ को अग्रता लिदै उपाधी माथि कब्जा जमाएको छ। उक्त श्रृखंलाको अन्तिम तथा पाचौँ खेल बिहिबार एडिलेडमा हुनेछ। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ