arrow

विमानस्थल सुन तस्करीमा मिल्ने अस्पताल संचालक पक्राउ

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
gold-pure.jpeg.jpeg

काठमाडौं । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ३४ किलो सुन तस्करी भएको घटनामा संलग्न रहेको भन्दै विमानस्थल भन्सारका अर्का एक कर्मचारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको हो । मध्यपुर ठिमी अस्पतालका सञ्चालक समेत रहेका श्रेष्ठ आइतबार अस्पतालबाटै पक्राउ परेको व्यूरो प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।

दुवईबाट एयर अरेबियाको जहाजमा विमानस्थल झारेको ३४ किलो सुन भन्सार कर्मचारीको मिलेमतोमा पास भइ बाहरि पुगेको अवस्थामा समातिएको थियो ।

सुनसहित बाँकेका गोपालबहादुर शाहीसहित तीन जनालाई व्यूरोको टोलीले पक्राउ गरेपछि भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो छताछुल्ल भएको थियो । ३४ किलो सुन व्यूरोका टोलीले गौशालाको पिंगलास्थानबाट बरामद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ