arrow

तेस्रो एक दिवसीय क्रिकेटमा इङल्याण्डको रोमाञ्चक पाँच रनको जित

श्रृंखला भारतको नाममा, जादव म्यान अफ द सिरिज

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
england-cricket.jpeg
कोलकाता । भारतविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा इङल्याण्डले पाँच रनको रोमाञ्चक जित हासिल गरेको छ । ३२२ रनको चुनौती पछ्याएको भारतले ९ विकेटको क्षतिमा ३१६ रन बनाएपछि इङल्याण्ड पाँच रनले विजयी भएको हो ।
 
भारतले अन्तिम ओभरमा १६ रन बनाउनु पर्नेमा सुरुवाती दुई बलमा १० रन बनाएपछि भारत जित नजिक पुगेको थियो । तर त्यसपछि केदार जादव ७५ बलमा ९० रन जोड्दै आउट भएपछि भारत जितको मुखमा पुगेर पनि घुँडा टेक्न वाध्य भयो ।
 
भारतका लागि अलराउण्ड प्रदर्शन गर्ने क्रममा हार्दिक पाण्डेयले ३ विकेटका साथै ४३ बलमा ५६ रन जोडेका थिए । त्यस्तै कप्तान विराट कोहलीले ५५ तथा युवराज सिंहले ४५ रन जोडे । ३९ बलमा अविजित ५७ रन जोडेका अल राउण्डर बेन स्टोक्सले ३ विकेट झारे ।
 
स्टोक्स म्यान अफ द म्याचसमेत भएका छन् । यसअघि इङल्याण्डले ८ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो । ओपनिङ ब्याट्सम्यान जासन रोयले ६५ रन बनाएका थिए । 
 
तीन खेलको श्रृंखलाका सुरुका दुई खेल भारतले जितेसंगै श्रृंखला २–१ ले जितेको छ । तीन खेलको श्रृंखलामा अहिलेसम्मकै सर्वाधिक २०९० रन बनेको छ ।
 
यो विरलै तोडिने रनसमेत बनेको छ । तीन खेलमा २३२ रन बनाएका केदार जादव म्यान अफ द सिरिज बनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ