arrow

समानुपातिकमा कम्तीमा तीन प्रतिशतको थ्रेसहोल्ड राख्दै निर्वाचन विधेयक मस्यौदा तयार

logo
प्रकाशित २०७३ माघ १० सोमबार
samsad-bhawan.jpeg
काठमाडौं । सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ ।
 
साना दल थ्रेसहोल्डको विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो ।
 
शीर्ष तथा दोस्रो तहका नेतासँग छलफलपछि सोमबार अन्तिम प्रतिवेदन दिने तयारीमा उपसमिति रहेको राज्यव्यवस्था समिति सदस्य तथा एमाले सांसद रामेश्वर फुयाँलले जानकारी दिए ।
 
‘आगामी निर्वाचनमा ५ भन्दा तल र ३ भन्दा माथि थ्रेसहोल्ड कायम हुन्छ,’ फुयाँलले भने, ‘अहिलेसम्म यहीबीच राख्नुपर्ने आवाज उपसमितिमा उठेको छ ।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ