arrow

१३ अर्ब रुपैयाँ बराबरको बिजुली त चुहिएरै सकिन्छ

logo
प्रकाशित २०७३ माघ १० सोमबार
electricity-theft-news.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।
 
प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ ।
 
त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ । 
 
विद्युत चुहावटलाई यस वर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्राधिकरणले त्यो प्रयास सफल हुन सक्नेमा भने आशंका गरिंदैछ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ