arrow

डा रिजालले चलाए दाङमा काँग्रेसको जागरण अभियान

logo
प्रकाशित २०७३ माघ १० सोमबार
minendra-dang-congress.jpeg
दाङ। नेपाली काँग्रेसको राष्ट्रिय जागरण तथा पार्टी सुदृढिकरण अभियानका लागि जिल्ला जिल्लामा खटिएका नेताहरुले राजनीतिक गतिविधिलाई तिव्रता दिएका छन् । गत मंसिरको अन्तिम हप्तामा पार्टीले केन्द्रीय प्रतिनिधि तोके बमोजिम केन्द्रीय नेताहरु गत पुष १६ गते देखि विभिन्न जिल्लामा पुगेका थिए । 
 
अधिकांश जिल्लामा केन्द्रीय प्रतिनिधिहरुले केहीदिन मात्रै कार्यक्रमहरु गरेपनि काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री डा मिनेन्द्र रिजालले भने दाङको सवै स्थानीय तहमा पुगेर अहिले सम्मपनि काँग्रेसका कार्यक्रमहरु गरेका छन् । उनले दाङका सांसद, जिल्लास्तरीय नेता, पुर्वपदाधिकारी, स्थानीय समितिहरुका पदाधिकारी, भातृ संगठनका पदाधिकारी लगायतसंग संयुक्त र छुट्टा छुट्टै छलफल गरेका छन् । 
 
सवै निर्वाचन क्षेत्रमा विभिन्न तहका पदाधिकारीहरु सहितको जागरण अभियान चलाउने क्रममा अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 
 
जागरण अभियानका क्रममा काँग्रेसप्रतिको आकर्षण र काँग्रेस कार्यकर्ताको उत्साह बढेको आफुले पाएको डा रिजालले बताए । सो अवसरमा उनले नेता कार्यकर्ताहरुलाई नयाँ संविधानमा धेरै अधिकारहरु लिपीबद्ध भएकाले संविधान कार्यान्वयनमा लाग्न आह्वान गरेका थिए । काँग्रेसकै नेतृत्वमा संविधान बनेकाले काँग्रेसकै नेतृत्वमा कार्यान्वयन गर्दै मुलुकलाई संबृद्धिको बाटो तर्फ डोर्याउनु पर्नेमा उनको जोड थियो । 
 
पदाधिकारी तथा कार्यसमिति नभएका ठाउँमा उनले समिति बनाउन तथा पदाधिकारी नियुक्त गर्न लगाउनुका साथै विवाद भएका ठाउँमा विवाद मिलाउने प्रयास पनि गरेको डा रिजालका सहयोगी जितेन्द्र ठकुरीले जानकारी दिए । 
 
आगामी हप्ता सम्ममा सवै समिति तथा पदाधिकारी बनाएर प्रतिवेदन तयार पार्ने तयारी भईरहेको पनि उनले बताए । प्रतिवेदनमा जिल्लामा पार्टी र भातृसंगठनहरुको अवस्था के कस्तो छ, आगामी निर्वाचनमा के कस्तो परिणाम आउन सक्ला, के कस्ता कमी कमजोरीलाई के कसरी सुधार्न सकिन्छ भन्ने लगायतका विषय उल्लेख गर्नुहुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ