arrow

एसियन कप छनोटमा नेपालको पहिलो खेल फिलिपिन्ससँग

समूह ‘एफ’मा

logo
प्रकाशित २०७३ माघ १० सोमबार
AFC-n-n.jpeg

काठमाडौं । एएफसी एसियन कप फुटबल छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । सन् २०१९ मा हुने एएफसी एसियन कपको छनोटका लागि सोमबार अवुधावीमा भएको ‘ड्र’मा नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मार्च २८ (चैत १५) गते नेपालले फिलिपिन्समा पहिलो ‘अवे’ खेल खेल्ने छ । जुन १३ मा यमनसँग खेल्दा सेप्टेम्बर ५ मा ताजकिस्तानसँग घरेलु मैदानमै खेल्ने छ । ताजकिस्तान अक्टोबर ४ मा उसकै घरेलु मैदानमा खेल्नेछ । नोभेम्बर ४ मा नेपाल र फिलिपिन्सबीच काठमाडौंमा खेल हुने छ ।  होम एण्ड अवको आधारमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् ।

समूह चरणबाट शीर्ष दुईमा पर्ने टोली २०१९ मा हुने एसिया कपका लागि छनौट हुनेछ । ग्वामले एएफसी एसियन कप छनोटबाट नाम फिर्ता लिएपछि सोलिडारिटी कप च्याम्पियन नेपालले मौका पाएको हो । नेपालरहेको समूहका अन्य टोली फिफा बरियतामा नेपाल भन्दा माथि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ