arrow

मेसीले गाए ‘चार बोतल भोड्का.........’

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
Messi_Ballon_d_or.jpg.jpeg
स्पेन। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसी के गर्छन् भन्ने चाँसो फुटबलप्रेमीलाई हुने गर्छ। विश्वकै चर्चित बार्सिलोना स्टार मेसीले आफ्नी आमाको ५७ औं जन्मोत्सव भब्य रुपले मनाउँदा पनि कसरी मनाएछन् भन्ने चाँसो हुने गरेको छ। ठ्याक्कै त्यसरी नै उनले आफ्नी आमा सेलियाको जन्मोत्सवमा वाइनलाई प्राथमिकता दिएका छन्। स्पेनकै उत्कृष्ट जन्मोत्सव भनी पनि यसलाई चर्चा गरिएको छ। उनले दुई बोतल भेगा सिसिलियाको युनिको वाइनसहित आफू र आफ्नी आमाको फोटो सार्वजनिक गरेका छन्। 
 
त्यस्तै केकसंगै नातिनातिनाको फोटोसमेत सार्वजनिक गरिएको छ। केकमा हाइहिल जुत्ता र बाइसाइकलसमेत बनाइँदा अझ आकर्षक बनेको छ।बार्सिलोनाका सहयात्री नेमारलेसमेत वाइनसहित फोटो राखेका छन्। यसले पनि पार्टी भब्य भएको अनुमान गरिएको छ। तर जन्मोत्सवमा मदिराको बोतल खोल्नै पर्ने संस्कृतिमा वृद्धि हुँदै जाँदा लिओनल मेसीले पनि हालै चर्चामा रहेको हिन्दी गीत ‘चार बोतल भोड्का.........’ गाए होलान् भनी चर्चासमेत हुन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ