arrow

एमटीभी रोडिजको आकर्षण बढ्दै, अब नेपाली संस्करण नै हुँदै

अवसर हिमालय टेलिभिजनलाई

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
roadies.jpeg
काठमाडौं । आफ्नो स्थापनादेखि नै एमटीभी रोडिज्ले हरेक वर्ष हजारौं व्यक्तिहरुलाई यस प्रतियोगात्मक रियालिटि सिरिजमार्फत आकर्षित गर्दै सबैभन्दा ठूला रियालिटि शोमध्ये एकको रुपमा आफूलाई प्रमाणित गरिसकेको छ । रोडिज् पप्–कल्चरको हिस्साबन्दै रोमाञ्च खोज्ने युवाहरुको मनोवृत्ति झल्काउने विशेष कार्यक्रम बनिसकेको छ ।
 
प्रतियोगीहरुको मानसिक क्षमताको परिक्षणका साथै अनुभव र क्षमता तथा विश्वास र आशामध्ये कुन बढि आवश्यक हुन्छ भन्ने कुराको पहिल्याउने कामपनि यस कार्यक्रमले गर्ने गरेको छ ।
 
१३ वर्षदेखि ७० करोड भन्दा बढि दर्शकहरुका साथ रोडिज् विश्वकै सबैभन्दा सोसियल टि.भि. शो मानिन्छ जसको शशक्त डिजिटल कम्युनिटिको साथै कार्यक्रमप्रति विशेष आस्था राख्ने समूहहरु पनि प्रशस्त छन् ।
 
रोडिज् एमटिभि इन्डियाको सबैभन्दा बढि रेटेड कार्यक्रमहरुमध्ये एक हो जसले आफ्ना पछिल्ला थुप्रै प्रतियोगीहरुको करियर सुरु गर्ने विशेष टेवा पु¥याएको छ । 
 
रोडिज्मा भाग लिन अडिशन दिने कैयौं प्रतियोगीहरु मध्ये छनौट गरिएका केहीले मात्र कडा परिक्षण प्रक्रियामार्पmत एक रोमाञ्चक यात्राम ाभाग लिन पाउने गरेका छन् ।
 
यस कार्यक्रमले विभिन्न चर्चित सेलिब्रिटिहरु जस्तै रघु, राजीव, रणविजय सिंह, आयुषमान खुरानातथाबानी जे लाई चिनाउनुका साथै उनिहरुको करियर बनाउनविशेष प्लाटफर्म प्रदान गरिसकेको छ ।
 
आफ्नो बढ्दो लोकप्रियता सँगै रोडिज्ले नेपालमापनिथुप्रै दर्शकहरु पाइसकेको छ जसमध्ये धेरै यस कार्यक्रमका “हार्डकोर फलोअर” बनिसकेका छन् । यस प्रसँगमाउक्तकार्यक्रमको नेपाली संस्करण आउनु अपेक्षित नै थियो ।
 
हाल नेपाली टेलिभिजनहरुमा मनोराञ्जनात्मक कार्यक्रमहरुको कमीका कारण दर्शकहरु कम भइरहेको समयमा यो नयाँ कार्यक्रम आउन लागेको हो । 
 
यस सिरिजका निर्देशक अमनप्रताप अधिकारीका अनुसार – “यस्तो ठूलो स्तरको अन्तराष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु हामी सबैको लागि एकदम रोमाञ्चक कुरा हो । यसले नेपाली प्रोडक्शन प्रयासहरुलाई अन्तराष्ट्रिय स्तर प्राप्तगर्न मदत पु¥याउनेछ ।”
 
रोडिज्को रगेड, ग्रन्जीतथा एड्भेन्चरले भरिएको शैलीले यसलाई भिन्नै पहिचानबोकेको छ । कार्यक्रममादिइने कार्यहरु देखि प्रतियोगिता र एडिटको स्टाइलसम्म सबैले एउटै शैलीबोकेको छ । 
 
विगतका सिजनहरुमा एमटिभि रोडिज्ले सधैं आफ्नादर्शकहरुलाई उल्लेखनीयलोकेशन, प्रतियोगात्मकचुनौतीहरु तथाएलिमिनेशन र वाइल्ड कार्ड इन्ट्री सम्बन्धी ड्रामाहरु मार्पmतआकर्षित गर्न सफल हुँदै आएको छ ।
 
हिमालय रोडिज् पाँचवटा फरक–फरक सहरहरु– पोखरा, बुटवल, चितवन, धरान र काठमाडौंमा अडिशनको लागि आउने छ । कार्यक्रमका एपिसोडहरु नेपालभर पहाडदेखि तराईसम्मका विभिन्न स्थानहरुमा विविध भू–भागमाहुने भएकाले यसले आन्तरिक पर्यटन र स्थानीयबासीहरुलाई विशेष बढावा दिने निश्चित छ ।
 
हिमालय रोडिजका तीन निर्णायकहरुमा दिया मास्के, रेमनदास श्रेष्ठ र आशिस राना अकालाह्रे रहेका छन् । हिमालय रोडिज्का विजेताले रु. २० लाख र एउटा बजाज एभेन्जर जित्ने छन् ।
 
यस कार्यक्रमको आवेदनफर्म बजाजको शोरुम, एनसेल सेन्टर र नेपालएसविआई बैकको सबै शाखाकार्यलयहरुमा देशभर यही जनवरी २५, २०१७ बाट वितरण गरिने छ र हिमालय टेलिभिजनको अनलाइन साइटबाट सीधै फर्म भर्न पाइने छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ