arrow

जिल्ला हुलाक कार्यालयबाटै रेडियोको नवीकरण

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
radio.jpeg
पाल्पा । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ । सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिए । 
 
जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीले जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको जानकारी दिए । 
 
रेडियोले ०७३÷०७४ मा रु १८ हजार ३२० रोयल्टीबापतको रकम जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई तिरेको हो । 
 
सय वाटको रेडियोले वार्षिक नवीकरणबापत रु दुई हजार सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान रहेको छ । 
 
स्टेसन म्यानेजर शुकदेव पोखरेलका अनुसार नवीकरण र रोयल्टीको काम जिल्लाबाट हुन थाले पनि ट्रान्समिटरको नवीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता पनि हट्नुपर्छ । 
 
पाल्पाको रामपुरबाट संचालित अन्य दुई एफएम, मदनपोखरा गाविसमा एक, दोभान गाविसमा एक र तानसेनबाट चारवटा एफएम रेडियो सञ्चालन रहेका छन् भने नवीकरणका लागि सूचना तथा सञ्चार मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको छ । 
 
एफएम रेडियो सञ्चालनमा आर्थिक समस्या हुने र पत्रकार लामो समयसम्म टिक्न नसक्दा गुणस्तरीय समाचार र स्थानीयस्तरका समस्या उठान गर्नमा समस्या हुँदै आएको रेडियो सञ्चालक बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ