arrow

'प्रमोशनमा निस्किएका शाहरुखलाई फापेन रेल यात्रा'

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
raeese-sha.jpeg
एजेन्सी ।  बलिउडका किंग खान, शाहरुख आफ्नो चलचित्र 'रईस' को प्रमोशन गर्न रेलमा  मुम्बईबाट दिल्ली निस्किएका छन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने कार्यक्रम रहेको  भारतीय संचार माध्यमले जनाएका छन् ।  
 
सोहि क्रममा  शाहरुखको रेल गुजरातको वडोदरा स्टेशनमा  रोकिएसँगै हजारौ भीडबीच  एक व्यक्तिको मृत्यु भएको छ । वडोदरा स्टेशनमा भागदौड मचिदा फरीद खानको मृत्यु भएको हो । उनि आफ्ना आफन्तलाई स्टेशनमा छोड्न आएका थिए । 
 
फरीद खानको मृत्यु बारे शाहरुखले दुख जनाएका छन् । उनले भने , “म फरीद खानको मृत्युले निकै दुखि बनेको छू । वडोदरामा रहेका क्रिकेटर इरफान पठान र उनका  भाई यूसूफ पठानलाई मैले फरीद खानको परिवारलाई सक्दो सहयोग गर्न भनेको छु। ”
 
फरीद खानका परिवार त्यहि रेलबाट दिल्ली जान लागेका थिए । उनि परिवारलाई छोड्न  स्टेशन पुगेका हुन् । 
 
रेल बम्बे सेन्ट्रलबाट अन्धेरी, बोरीवली, वापी, वलसाड, सूरत, भरूच, बडोदरा, रतलाम, कोटा, सवाई माधोपुर र मथुरा स्टेशनमा रोकिनेछ । यी सबै स्टेशनमा उत्रिएर  शाहरुखले आफ्ना दर्शकलाई भेटदै चलचित्र 'रईस' हेर्न अपील गर्नेछन् । उनीसँग सन्नी लियोन र फिल्मका निर्देशक राहुल ढोलकिया पनि छन्।
 
चलचित्र उद्योगमा शाहरुखको यो २५ औँ बर्ष हो । उनि आफ्नो सपना पुरा गर्न रेलबाटै मुम्बई आएका थिए , यस यात्राबाट उनको पुरानो याद र खस्कदो चलचित्र बजार पनि माथि उठ्नेमा विश्वास लिएका छन् ।  एजेन्सी
हानिकारक साबित हुई शाहरुख की ट्रेन यात्रा, सामने आईं ऐसी PHOTOS
 
Raees, Shah Rukh Khan, Bollywood News



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ