arrow

निर्वाचन सम्बन्धि दुई विधेयक संसदमा पेश

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
samsad-bhawan.jpeg

काठमाडौं । स्थानीय निकायको निर्वाचनसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन सदनमा पेश भएको छ । राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ समितिको प्रतिवेदनसहित मंगलबार व्यवजस्थापिका–संसद बैठकमा पेश गरेका हुन् ।

संसद्ले गत असोज ३० गते ती दुई विधेयक दफाबार छलफलका लागि राज्य व्यवस्था समितिमा पठाएको थियो । समितिमा लामो छलफलपछि आवश्यक संशोधनसहित मंगलबार पुनः सदनमा पेस गरिएको सभापति घर्तीले जानकारी दिए ।

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला आवश्यक विधेयक नै प्रस्तुत नभएको भन्दै सांसद्हरुले नै गुनासो गरिरहेका बेला प्रस्तुत दुई विधेयकले निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।

स्थानीय निकायको निर्वाचनका लागि विभिन्न सातवटा कानुनको आवश्यकता पर्दछ । व्यवस्थापिका–संसद्को अर्को बैठक वुधबार दिउँसो २ बजे बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ