arrow

पाँचथरमा प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाका तीन सम्भाग लागु हुँदै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ ११ मंगलबार
agriculture2.jpg.jpeg
पाँचथर। प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका चार सम्भागमध्ये पाँचथरमा तीन ओटा सम्भाग लागु हुने भएका छन् । साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) लागु हुने भएका हुन् । परियोजना अन्तर्गतको सुपरजोन देशका सात ओटा जिल्लाका सात ओटा वालीमा मात्र लागु हुन्छ । 
 
जिल्ला कृषि बिकास कार्यालय पाँचथरले  सोमबार एक कार्यक्रमको आयोजना  गरि पाँचथरमा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका तीन ओटा कार्यक्रम लागु जनाएको हो । आगामि १० बर्षसम्मका लागि यो परियोजना सञ्चालन हुने भएको हो ।जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार जोन पाँचथर सहित देशका ३० ओटा जिल्लामा लागु हुन्छ  । पाँचथरमा अलैँची बालीका लागि जोन कार्यक्रम लागु हुने भएको हो । यसका लगि एकतीन र सिदिन गाविस छनौट भएका छन् । जोन कार्यक्रम लागु हुन् न्युनतम पाँच सय हेक्टर जमिन आवश्यक पर्छ ।
 
त्यस्तै अदुवा र अलैँचीखेतीका लागि ब्लक कार्यक्रम लागु हुने भएको छ । फाक्तेप, चिलिङदिन र आङसराङ  गाविसमा अलैँची खेतीका लागि ब्लक कार्यक्रम सञ्चालन  हुने भएको हो । अदुवाको लागि फिदिम, भारपा र सुभाङ गाविसलाइ छनौट गरिएको हो ।
 
ब्लक सञ्चालका लागि कम्तिमा एक सय हेक्टर जमिन आवश्यक पर्ने जिल्ला कृषि बिकास  कार्यालयका बरिष्ठ कृषि बिकास अधिकारी कमलेश तीवारीले जानकारी दिनुभयो । पकेट क्षेत्र कार्यक्रम पनि पाँचथरमा लागु हुने भएको हो । ब्लककै कार्यविधि अनुसार पकेट कार्यक्रम लागु हुने भएको छ ।
 
सुपरजोन कार्यक्रम देशका सात जिल्लामा मात्र लागु हुने भएको छ । झापा, बारा, दाङ, कास्की, काभ्रे, जुम्ला र कैलालीमा मात्र सुपरजोन कार्यक्रम लागु हुने भएको हो । झापामा धान खेती, बारमा माछा, दाङमा मकै, कास्कीमा तरकारी, काभ्रेमा आलु, जुम्लामा स्याउ र कैलालीमा गहूँका लागि सुपरजोन कार्यक्रम लागु हुने भएको हो ।
 
जिल्लामा जोन, ब्लक र पकेट कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्षका लागि तीन करोड १२ लाख ४५ हजार रुपैँया आएको छ । कृषि कार्यालयलका अनुसार जोन कार्यक्रम सञ्चालनका लागि एक करोड आठ लाख ४५ हजार बजेट आएको हो । त्यस्तै ब्लक कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख रुपैँया र पकेट क्षेत्र कार्यक्रम सञ्चालनका लागि ५८ लाख बजेट आएको हो ।
 
यो परियोजना  स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट  तयार गरिएको कृषि क्षेत्रको पहिलो परियोजनाको रुपमा लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ