arrow

नेपाली प्राविधिकहरुको प्रयास : कौशलटारको आकाशे पुल न्यून खर्चमै पुनःनिर्माण

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
kausaltar-pul-news.jpeg

काठमाडौं। वैशाख १२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको भक्तपुर कौशलटारस्थित आकाशे पुलको पुनःनिर्माण शुरु भएको छ। भूकम्पको धक्काले पुलको (काठमाडौंबाट भक्तपुर जाँदा) देब्रेतिरको पिलर लगायत सम्पूर्ण भाग उत्तरतर्फ ढल्केको थियो।

बाङ्गिएको वा ढल्किएको संरचनालाई सीधा पार्ने प्रक्रिया संभवतः नेपालमा पहिलो पटक प्रयोगमा आएको स्लेट कन्सलट्यान्सको जिकिर छ । स्लेट कन्सलट्यान्सले २०७२ चैतमा ढल्केको संरचना सीधा पार्न सकिने प्रतिवेदन सडक विभागलाई बुझाएको थियो।

ढल्केको संरचनालाई स्लेट कन्सलट्यान्सले तानेर सीधा बनाउन सकिने प्रतिवेदन सडक विभागलाई बुझाएपछि संरचना सीधा पारिएको छ । अब उक्त पुलमा रहेको बाँकी काम सक्न दुई महिनाको समय लाग्न सक्ने स्लेट कनसलट्यान्सका निर्देशक कमल कार्कीले जानकारी दिए ।

सडक विभाग पुरै पुल भत्काएर नयाँ बनाउने योजनामा रहेको बेला स्लेट कन्सलट्यान्सले तानेर सीधा पार्न सकिने र खर्च न्यून हुने बताएपछि उक्त कार्य गरिएको कार्कीले बताएका छन् । करिब १ करोड ५० लाखको लागतमा बनेको पुल अब करिब २० लाखमा पहिलेकै अवस्थामा फर्किने छ।

पुल पूरै भत्काएर नयाँ बनाउँदा भत्काउने देखि बनाउने खर्च जोड्दा प्रक्रिया निकै खर्चालु हुने प्राविधिकहरु बताउँछन् । यद्यपि, स्लेटले अपनाएको विधिले खर्चिलो निर्माणलाई दोहोरो बचतमा झारेको कार्कीले बताए । उनले भने, ‘यो विधि अपनाउँदा खर्च मात्रै बचेन, समय पनि बचत भएको छ । साथै निर्माणका क्रममा कुनै बाधाकाे झमेला पनि रहेन ।’

कौशलटारको आकाशे पुल नहुँदा पैदल यात्रीलाई बाटो काट्न धेरै सास्ती भएको थियो भने, धेरै जनगुनासो पनि आइरहेको थियो। सडक विभाग र स्लेट कन्सलट्यान्सकाबीच पिलर तानेर सिधा बनाउने वा भत्काएर नयाँ बनाउने छलफलमै पनि समय खर्च भएको थियो। अन्ततः सडक विभाग पिलरलाई सीधा पार्न सकिने विधिमा विश्वस्त भएपछि कामा अघि बढेको कार्कीको भनाई छ ।

Image may contain: one or more people and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ