arrow

सुन तस्करीको अनुसन्धानलाई प्रभाव पार्ने गरी समाचार आए, याे राम्राे भएन : सीअाइबी

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
gold-plate.jpg.jpeg

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीअाइबीले सुन तस्करीलाई जोडेर अनुसन्धानलाई असर गर्ने खालका समाचार सम्प्रेषण भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

व्यूरोले मंगलबार एक प्रेस नोट जारी गर्दै त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो अवैध सुन पक्राउ पछि विभिन्न चरणमा अपराधमा संलग्न मध्ये ७ अभियुक्त पक्राउ परेको र अनुसन्धान जारी रहेको जनाउँदै विभिन्न पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा अनुसन्धानलाई प्रभाव पार्ने ढंगले विभिन्न व्यक्ति र संस्थाको नाम प्रकाशित गरेको उल्लेख गरेको छ ।

व्यूरोले अगाडि भनेको छ, ‘सीआइबीले ठूला अभियुक्तहरुलाई पक्राउ गर्ने आँट गरेन भनि संस्था र कार्यरत अधिकारीमाथि लाञ्छना लगाउने ढंगले समाचार सम्प्रेषण भएकोमा व्यूरोको ध्यानाकर्षण भएको छ ।’

व्यूरोको प्रेस नोटमा, संगठित अपराधको यस मुद्दामा व्यूरोको अनुसन्धान उत्साहजनक रुपमा अगाडि बढिरहेको र यसमा संलग्न कुनै पनि व्यक्ति वा संस्था अनुसन्धानको दायरामा आउने नै भएकाले कुनै भ्रम नराख्न बिनम्र अनुरोध गरिन्छ, –भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ