arrow

दौरा सुरुवाल लगाएका संजय उल्टो हिडेरै पुगे अफ्रिकाको छानो किलिमंजरो

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
sanjaya-pandit-kilimanjaro.jpg.jpeg
काठमाडौं। नेपाली कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितले अफ्रिकाको सर्बोच्च शिखर किलिमंजरोमा अर्को किर्तिमान राखेका छन्। पण्डितले चर्चित मरान्गु रुटबाट यात्रा थालेर शिखर सम्म ४ दिनसम्म उल्टो हिडेर २५ घण्टा ४० मिनेटमा पार गर्दै उक्त कृतिमान राखेका हुन्। बिश्वकै एक मात्र स्वतन्त्र ज्वालामुखी पर्बत किलिमंजरोमा यो भन्दा आगाडी कुनै पर्वतारोहीले यस्तो प्रकारको किर्तिमान राखेको थिएन। सात महादेशका सातै पर्बत आरोहणको तयारीमा रहेका सगरमाथा आरोही पण्डितले गत वर्ष किलिमंजरोमा मन्डरा क्याम्पबाट सुरु गरि शिखर सम्म ६ घण्टा १३ मिनेटमा पार गर्दै दक्षिण एशियाकै तीब्र गतिको आरोहीका रुपमा किर्तिमान राखेका थिए। उनले आरोहण अबधिभर नेपाली पोशाक ढाका टोपी दौरा सुरुवाल लगाएर सिखरमा राष्ट्रिय गित गाउँदै शिखरमा राष्ट्रिय झन्डा फर्फराएका थिए।
 
एशिया, अफ्रीका, अस्ट्रेलिया लगाएतका महादेशका शिखरहरुको आरोहण सम्पन्न गरिसकेका पण्डितले अबको गन्तब्य अन्ट्राटिकाको विन्सोंन मशिफ रहेको बताएका छन्। उनलाई तान्जानिया राष्ट्रिय निकुन्जकि पार्क वार्डेन इभा इ मालीयाले उक्त कृतिमानी प्रमाण पत्र हस्तारन्त्रण गरेकी थिइन। पण्डितले गत वर्ष अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्कोमा पनि आधार सिबिर थ्रेडबोदेखि शिखर सम्म उल्टो हिडेर सफल आरोहण गरेका थिए। 
 
पण्डितलाई गत साता प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रिय झन्डा दिएर किलिमन्जारो आरोहणको सफलताको कामना गर्नु भएको थियो। भारतीय नाकाबन्दीको बिरोध र भुकुम्पमा मारिएका दशौ हजार नेपालीप्रति यो आरोहण समर्पण गरिएको उनले तन्ज़िनियाबाट हामीलाई वताए। उनले भने उल्टो आरोहणको अनुभब निकै गाह्रो र सकसपूर्ण भएपनि किर्तिमानको लागि सबै कुरा भुलेको छु, मलाई लाग्छ यो संसारभरका सात महादेशका सात पर्बतारोहीहरुको लागि एउटा खुशी र हिमालमाथि अनौठो जित भएको उनले बताएका छन्। उनलाई अफ्रिकाका चर्चित पर्बतोरोही चाचा र बेनले साथ दिएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ