arrow

सात वर्षे बालिकाको ट्रम्पलाई हृदयविदारक पत्र

भन्छिन्–‘सिरियालीलाई पनि तिम्रा बालबालिकालाईजस्तै शान्ति चाहिन्छ’

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
allepo-girl.jpeg
काठमाडौं । सिरियाको अलेप्पो शहरकी सात वर्षीया बालिका बना अलाबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको एउटा पत्र यतिबेला विश्वभर भाइरल भएको छ । उक्त पत्रमा उनले ट्रम्पलाई सिरियाली बालबालिकाका लागि केही कदम चाल्न आग्रह गरेकी छिन् ।
 
‘अलेप्पो बालिका’ का नामले चिनिएकी अलाबेदले ट्रम्पलाई सिरियाली बालबालिका पनि उनका बालबालिका जस्तै भएको र उनीहरुलाई पनि शान्ति चाहिने उल्लेख गरेकी छिन् । 
 
अलेप्पोबाट ट्वीट गरेका म्यासेजहरुपछि विश्वभर परिचित बनेकी अलाबेदले आफ्ना केही साथीहरु पनि मारिएको भन्दै अलेप्पो अहिले ‘मृत शहर जस्तै’ भएको उल्लेख गरेकी छन् ।
 
गत डिसेम्बरमा द्धन्द्धग्रस्त अलेप्पोबाट स्थानीयलाई निकालिने क्रममा अलाबेद पनि आफ्नो परिवारसंग बाहिरिएकी थिइन् ।
 
उही अहिले टर्कीमा छिन् । 
 
A screenshot from the Twitter account @AlabedBana, showing her two younger brothers smiling and seated on a a row of plant pots made in the shapes of a train. The caption reads



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ