arrow

शाहरुखले भने‘करियरमा सलमान सिनियर’

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
Shahrukh.jpg.jpeg
मुम्बई । बलिउड बादशाहका रुपमा परिचित बलिउड सुपरस्टार शाहरुख खानले करियरको मामलामा आफुभन्दा सलमान खान सिनियर रहेको बताएका छन् । उनले उमेरको मामलामा आफु सिनियर भए पनि करियरमा सलमान अगाडि रहेको जनाएका हुन् ।

कलर्स च्यानलमा प्रसारण भईरहेको रियालिटी शो बीग बोस ९ मा देखिएका शाहरुखले फिल्म करण अर्जुनमा काम गरेको स्मरण गर्दै भने,‘मानिसहरुले हामीलाई को जेठो को कान्छो भनेर सोध्थे, करियरको हिसाबले म भन्दा सलमान जेठा हुन् तर उमेरको हिसाबले ऊ भन्दा म जेठो छु ।’

सन् २००७ मा रिलिज भएको शाहरुख अभिनित फिल्म ओम शान्ति ओममा सिक्स प्याक एब्समा देखिएका उनले सलमानकै कारण आफुले उक्त शरीर बनाएको खुलाए ।

दुवैजना सँगै फिल्ममा अभिनय गर्ने बारे मिडियाले सोधेको प्रश्नमा दुवैले राम्रो स्क्रिप्टको पर्खाईमा रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ