arrow

नेपाल चलचित्र संघमा राप्रपाका केन्द्रीय सदस्य उदय निर्विरोध

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
pradip-kumar-uday.jpeg
मकवानपुर ।  नेपाल चलचित्र संघको ४४औँ साधारणसभाले प्रदीपकुमार उदयलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ ।  मकवानपुरको हेटौँडामा सम्पन्न साधारणसभाले उदयलाई चयन गरेको हो । 
 
फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको चलचित्र संघको अध्यक्षमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका उदयकोमात्रै उम्मेदवारी परेको थियो । 
 
संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार्य, कपिल द्वालगायतका हलसञ्चालक चयन भएका छन् । तीमध्येबाट संघका पदाधिकारी चयन हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ