arrow

तिरिरी मुरली बजाउने गायक तथा संगीतकार पन्नाकाजीको निधन

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
panna-kaji.jpeg
काठमाडौं । ‘तिरिरी मुरली बज्यो वनैमा.......’ गीतका गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 
 
उनले  ‘किन–किन तिम्रो तस्बिर‘, नौलाखे तारा, लालीगुराँस फुल्यो है लगायत थुप्रै गीत गाएका थिए । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।
 
पन्नाकाजीका चार छोरामध्ये प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार हुँदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ