arrow

मोदीलाई ट्रम्पले दिए अमेरिका भ्रमणको निम्तो, अर्थव्यवस्था र सुरक्षाबारे सम्वाद

मुस्लिम आप्रवासीलाई प्रतिबन्ध लगाउन मेक्सिको बोर्डरमा पर्खाल लगाउने संकेत

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
modi-news.png

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ट्रम्प र मोदीबीच टेलिफोन कुराकानी भएको ह्वाइट हाउसले पुष्टी गरेको छ । राष्ट्रपति ट्रम्पले मंगलबार राति टेलिफोन गरेर आफुलाई अमेरिका भ्रमणको निम्तो दिएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गरेका छन् ।

मोदी का ट्वीट

टेलिफोनमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्लाई बधाई दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । कुराकानीका क्रममा ट्रम्पले भारतलाई अमेरिका असल साथी मानेको उल्लेख गर्दै दक्षिण एसिया र मध्य एसिया क्षेत्रमा सुरक्षाका विषयमा पनि कुरा गरेका थिए ।

ट्रम्पले चुनावी अभियानका क्रममा भारत जस्ता मुलुकसँग सम्बन्ध बढाउने बताएका थिए । मोदीले आगामी दिनमा मिलेर काम गर्ने विषयमा सकारात्मक कुरा भएको बताएका छन् । दुवै नेताबीच अर्थव्यवस्थाका विषयमा पनि कुरा भएको बताइएको छ ।

चार दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र मेक्सिकोका प्रधानमन्त्री निएटोसँग कुराकानी गरेका थिए । आइतबार मात्रै ट्रम्पले इजरायका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग र सोमबार इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीसँग कुरा गरेका बताइएको छ ।

यस्तै, सुरक्षाकै सम्बन्धमा ट्रम्पले आफ्नो पूर्व प्रतिवद्धता अनुरुप अमेरिका–मेक्सिको बोर्डरमा पर्खाल लगाउन सुरु गर्ने संकेत समेत दिएका छन् । केही दिनभित्रै ट्रम्पले ६ वटा संदिग्ध गतिविधि बढी हुने मुस्लिम राष्ट्रका आप्रवासीलाई अस्थायी प्रतिवन्ध लगाउने सम्भावना समेत बढेको छ ।

राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा रिपब्लिकन ट्रम्पले मुसलमानहरुलाई अमेरिका छिर्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने उद्घोष् गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ