arrow

सिरियामा मारिएका वरिष्ठ लेवनानी लडाकू समिर कान्तरको अन्त्येष्टीमा हजारौँको सहभागिता

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
kuntar_539_332_c1.jpg.jpeg
बेरुत (लेबनान) । इस्लामिक राजनीतिक तथा अर्धसैनिक संस्था, हेजबुल्लाहको पकड रहेको दक्षिणी बेरुतको एक भूभागमा भएको वरिष्ठ लेबनानी लडाकूको अन्त्येष्टिमा हजारौँ हेजबुल्लाह समर्थक मानिसहरुको सहभागिता भएको सोमबार समाचारमा जनाइएको छ । हत्या अभियोगमा विगत ३० वर्षदेखि इजरायलको जेलमा कैदी जीवन बिताएका समिर कान्तरको शनिबार इजरायली हवाई आक्रमणमा सिरियामा मृत्यु भएको हेजबुल्लाह समूहले जनाएको छ । 
 
एक आवासीय भवनमा आक्रमण हुँदा जरामानामा कान्तरसहित आठ जनाको सिरियाको राजधानी दमास्कस नजिकै मृत्यु भएको थियो । हेजबुल्लाहले आफ्ना नेताको मृत्युको बदला दिन आफ्ना समर्थकलाई एक शोकसभाका बीच अनुरोध गरेको बताइएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ