arrow

वालिङ महोत्सवको तयारी पुरा

विगतका महोत्सव भन्दा पृथक महोत्सव : आयोजक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १२ बुधबार
waling-mahotsabs.jpeg
स्याङ्जा। छैटौ वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । माघ १३ गते उदघाटन हुने छैटौ वालिङ महोत्सव २०७३ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पाँचौ महोत्सव सम्म पुर्ण सफलता पुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले छैटौ महोत्सवलाई अत्यन्तै पृथक हुने आयोजकले जनाएको छ ।
 
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन वालिङ बजारलाई पुरै सिंगारिएको छ । जसका कारण यो महोत्सव अत्यन्तै भव्य र सव्य रुपले सम्पन्न हुनेमा आयोजक विश्वस्त छ । वालक देखि बृद्ध सम्मकाले अवलोकन गर्ने व्यवस्था आयोजकले मिलाएकाले पनि यो महोत्सव पृथक रुपमा हेरिएको छ । अहिले सम्म महोत्सवको तयारी पुरा भएको छैटौ वालिङ महोत्सव मुल आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले जानकारी दिए । 
 
विगतका महोत्सवमा २ सय स्टल रहने गरेकोमा यो महोत्सवमा ३ सय ५० स्टल रहने आयोजकले जनाएको छ । कृषि, पर्यटन, अटोमोवाइल, विभिन्न संघसंस्था, शैक्षिक प्रदर्शनी लगायतका लागि स्टल प्रयोग हुने छैटौ वालिङ महोत्सव स्टल उपसमितिका संयोजक लक्ष्मण अधिकारीले बताए । 
महोत्सवमा दर्शकको ओइरो लाग्न प्रचार प्रसारलाई समेत आयोजकले तिब्रता दिएको छ । एक महिना अगाडी देखि गाँउ गाँउमा माइकिङ, विभिन्न ठाँउहरुमा तुल व्यानर, पर्चा पम्पलेट लगायतले महोत्सवका आकर्षणहरुको प्रचार प्रसार गरिएको छ । जसका कारण पनि पाँचौ महोत्सवमा भन्दा छैटौ महोत्सवमा दर्शकहरुको ओइरो लाग्ने अपेक्षा छैटौ वालिङ महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक सन्तोष श्रेष्ठले बताए । 
 
महोत्सवमा हेलिकप्टरबाट विभिन्न धार्मिक स्थलहरुको अवलोकन, जिल्लाकै पौराणिक रुपमा रहेको आँधीखोला थुनेर कृतिम ताल बनाई जलविहार गर्ने, स्थानीय उत्पादन भएका कृषिका सामाग्रीहरुको प्रदर्शनी, गाविस स्तरीय भलिवल प्रतियोगिता, स्थानीय कलाकारहरुको प्रस्तुति, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, स्थानीय कलाकारको प्रतिभाको खोजीका लागि स्याङ्जा डान्स आइल लगायत महोत्सवमा आकर्षणका रुपमा रहने छन् । ११ दिन सम्म संचालन हुने महोत्सवमा ८ करोडको व्यापारीक कारोवार हुने अपेक्षा सहित आयोजना हुन लागेको महोत्सवमा १ करोड भन्दा बढीको आम्दानी र ६० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको छ । छैटौ वालिङ महोत्सवले स्याङ्जाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय र कृषि उत्पादनका लागि टेवा पुग्ने अपेक्षा लिइएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ