arrow

कुवेतमा एक राजपरिवारका सदस्यसहित सात जनालाई मृत्युदण्ड

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
hanged.jpeg
कुवेत सिटी । विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । 
 
केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । 
 
सजाय पाउने सबै अपराधीलाई बुधबार एकमुष्ट झुण्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्युदण्डको सजाय कार्यान्वन गरिएको हो । 
 
मृत्युदण्डको सजाय पाउने सात जना अपराधीमा एक जना बङ्गलादेशी, एक जना फिलिपिन्सको, एक जना इथियोपियाली, दुई जना इजिप्टेली र दुई जना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । 
 
मृत्युदण्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ । 
 
विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अबैध बन्दुकलगायतका हातहतियार गैरकानुनी रुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनलाई लागेको थियो । 
 
त्यस्तै कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदण्डको सजाय सुनाइएको थियो । 
 
सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आई नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काई दिएकी थिइन् । 
 
भयङ्कर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए । 
 
मृत्युदण्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । 
 
पावालाई घरेलु कामदार भई आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो । 
 
जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत छन् । 
 
उनले जाकातियालाई आम माफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पु¥याए । 
 
फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदण्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनैतिकस्तरबाट सक्दो प्रयास ग¥यो । 
 
तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ