arrow

प्रचण्डका कारण पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा अझै पेश भएन

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
mantri-parishad-karyalay.jpeg
काठमाडौं । निर्वाचन आयोग र दलहरुसँग यही माघ १५ गतेभित्रै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पठाउन रोकेका छन् ।
 
प्रतिवेदन अनुमोदनका लागि मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारी भइरहेका बेला दाहालले रोकेका हुन् ।
 
निर्वाचन आयोगले माघ १५ गतेसम्म निर्वाचनका लागि आवश्यक कानुन नबने, मिति घोषणा नभए र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याइए जेठ १५ भित्र निर्वाचन गराउन नसक्ने भन्दै आएको छ ।
 
यस्तो बेलामा आयोगको प्रतिवेदन अनुमोदन गरी कार्यान्वयनमा ल्याउनुको सट्टा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा लैजान रोकेका हुन् ।
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले मन्त्रालयका उच्च अधिकारीलाई आयोग प्रतिवेदन यसैसाता मन्त्रिपरिषदमा लगेर कार्यान्वयनमा ल्याउने र निर्वाचन मिति घोषणा हुने जानकारी गराएका थिए । 
 
तर प्रधानमन्त्री दाहालले १८ गतेपछि मात्रै सो विषयमा निर्णय गर्न सक्ने भन्दै मन्त्रीलाई तत्काल प्रस्ताव नल्याउन दबाब दिएका हुन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ