arrow

रियाल मड्रिड कोपा देल रेबाट बाहिरियो, रोनाल्डोको गोल खेर

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
real-madrid.jpeg
स्पेन । स्पेनिश लिग ला लिगाको शीर्ष स्थानमा रहेको रियाल मड्रिड कोपा देल रे फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । सेल्टाभिगोसंग समग्रमा ४–३ ले पराजित हुँदै रियालले प्रतियोगिताबाटै हात धुनु परेको हो । 
 
पहिलो लेगमा घरेलु मैदान सान्टियोगो बर्नाबाउमा २–१ को हार बेहोरेको रियालले दोस्रो लेगमा सेल्टाभिगोको घरेलु मैदान स्टाडियो म्यूनिसिपल डे बालियाडोसमा २–२ को बराबरी खेलेपछि भने समग्रमा हार बेहोर्नु परेको हो । 
 
रियालले लगातार आत्मघाती गोल गर्दा ४० खेलको अपराजित कीर्तिमान रोकिएपछि निरन्तर खराव प्रदर्शन जारी छ । ४४ औं मिनेटमा डानिलोले आत्मघाती गोल गरेपछि पछाडि परेको रियालले ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट बराबरी गर्न सक्यो । 
 
८५ औं मिनेटमा डानियल वासको गोलबाट पछि परेको रियालले अन्तिम समयमा लुकास भाज्क्वेजको गोलबाट बराबरी गरेको हो । पराजय टारे पनि रियालले चमत्कारिक प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक जिनेदिन जिदानकोसमेत पतनका दिन सुरु भएको अनुमान गर्न थालिएको छ । 
 
कोपा देल रे मा एथलेटिको मड्रिड भने अर्को चरणमा पुगेको छ । एथलेटिकोले आइबरलाई समग्रमा ५–२ ले हराएर अर्को चरणमा ठाउँ बनाएको हो । दोस्रो लेग भने २–२ को बराबरीमा सकिएको थियो । 
 
Cristiano Ronaldo cuts a frustrated figure as Real Madrid suffered a shock Copa del Rey exit on Wednesday evening 
Ronaldo reacts with frustration as the Spanish giants were unable to overcame La Liga rivals Celta Vigo in the cup 
John Guidetti sees his shot saved by the legs of Francisco Casilla, but the rebound goes in off Real Madrid defender Danilo
Guidetti celebrates with his Celta Vigo team-mate Theo Bongonda, while Daniel Wass, Iago Aspas and Marcelo Diaz join in
The Celta Vigo players celebrate at the full-time whistle after overcoming Real to book their place in Copa del Rey semi-finals
Ronaldo goes down under a challenge from goalkeeper Sergio Alvarez and Argentine defender Facundo Roncaglia
Cristiano Ronaldo challenges Gustavo Cabral in the air as Madrid look to get back on level terms during the tie
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ