arrow

छैटौैं नेपाल साहित्य महोत्सव पोखरामा शुक्रबारदेखि हुँदै

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Nepal-Literature-Festival-Event-Photo.jpeg
पोखरा । शुक्रबारदेखि १७ गतेसम्म यहाँ छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ । 
विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्त महोत्सवमा भारत र भूटानलगायत नेपालका गरी ८५ जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ । 
 
वुकोरम फाउन्डेशन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुने उक्त महोत्सवमा साहित्य, कला, चलचित्रका साथै राजनीतिसँग जोडिएका विभिन्न सत्र पुस्तकको विमोचन गरिने कार्यक्रम संयोजक अजीत बरालले जानकारी दिए । यस अतिरिक्त गीत र सङ्गीतका प्रस्तुति पनि हुनेछन् । 
 
कार्यक्रममा भारतका प्रसिद्ध लेखक रामचन्द्र गुहा, दुर्जदत्त र उदय प्रकाश तथा भूटानका नाम्गे जाम सहभागी हुनेछन् । नेपालबाट साहित्यकार धु्रवचन्द्र गौतम, खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र र सुधीर शर्माको सहभागिता रहने छ । 
 
त्यस्तै, साहित्यकार वैरागी काइँला, वरिष्ठ पत्रकार हरिहर विरही, नारायण वाग्ले, शिक्षाविद् केदारभक्त माथेमाका साथै हास्य कलाकारहरुद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि सहभागिता जनाउने छन् । 
 
कवि शिरोमणि लेखनाथ पौड्यालको कविता उनकी नातिनी प्रभा भट्टराईले वाचन गरी कार्यक्रमको उद्घाटन गरिने बताइएको छ ।
 
पाँचौ महोत्सव गत वर्ष पोखरामै गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ