arrow

“सुविसु क्यान ईन्फोटेक २०१७

नेपाललाई इ-नेपाल बनाउने उद्घोष

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
can-opening.jpeg
काठमाडौं। सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" बिहिबारबाट भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल प्रहरी क्लवमा भएको उदघाटन सत्रमा उपपधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सूचना प्रबिधि क्षेत्रको बिकास सरकार लागि पर्ने बताउदै अव नेपाललाई इ नेपाल बनाउने उद्घोष समेत गरेका छन्। 
 
प्रबिधि क्षेत्रको सबैधन्दा ठुलो मेलाको मुख्य उदेश्य भनेको नै आम नागरिमकमा सूचना प्रबिधिको जनचेतना फैलाउनु रहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए। त्यसै गरी यो मेलामा बिभिन्न कम्पनीहरुले इन्टरनेट, मोवाइल, ल्यापटप तथा बस्तु तथा सेवाहरुमा बिभिन्न छुट समेत दिन लागेको क्यान महासंघ महासचिव बिश्वराम बलामीले बताए। उद्घाटन सत्र नेपाल सरकारका मुख्य सचिव सोमनाथ सुवेदी, लगायत सूचना प्रबिधि क्षेत्रका बिभिन्न ब्यक्तिहरु सहयभागि रहेका थिए। 
 
माघ १८ ग गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने क्यान ईन्फोटेकमा सूचना प्रबिधि क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु राखिने छ । सो मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । साथै मेला अवधिमा सूचना प्रबिधि सम्मेलन पनि हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ