arrow

भाउ नपाएपछि अम्लिसो कृषक चिन्तामा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ माघ १३ बिहिबार
amliso.jpeg
तेह्रथुम। मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् । 
 
किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लिसो अहिले खाद्यान्न बाली लाग्ने जमीनमा पनि लगाएका थिए । तर  फल लागेर कमाई गर्ने बेलामा अम्लिसोले भाउ नपाएपछि किसान चिन्तित बनेको ईवा–६ कालिपाका कृषक मिनराज गुरुङले बताए ।
 
यो वर्ष ग्रामीण बजारहरुमा अम्लिसो प्रति केजी २० रुपैयाँले कारोबार भइरहेको छ । तर सो मुल्यमा पनि अम्लिसो विक्री गर्न समस्या रहेको उनले बताए । गएको वर्ष मात्रै अम्लिसो प्रति केजी १ सय रुपैयाँसम्म कारोबार भएको थियो । राम्रो मुल्य पाउने आशामा किसानले अम्लिसो खेती थालेपनि एकै वर्षको अन्तरालमा ह्वात्तै मुल्य घटेकाले किसान मर्कामा परेका हुन् । 
 
अम्लिसोबाट नगद आम्दानीसँगै गाईबस्तुकालागि घाँस र बन जोगाउन समेत मदत पुग्ने भएकालेपनि किसान अम्लिसो खेतीमा आकर्षित थिए । अम्लिसो खेतीमा व्यवसायिक बन्न जिल्ला बन कार्यालय  र सामुदायिक बन उपभोक्ता महासंघले समेत सहयोग पुर्‍याउदै आएका छन् । जिल्लामा अलैँचीपछि अम्लिसो दोश्रो ठुलो आम्दानी हुने नगदेबाली हो । 
 
तर मुल्यमा गिरावट आएकाले समस्यामा पारेको हमरजुङका किसान शेरबहादुर लिम्बुले बताए । ‘गाउँ–गाउँमा सडक सन्जाल विस्तारसँगै अम्लिसोको बजारीकरणमा सजिलो भएको छ, सुदाप–४ का लोकमान लिम्बुले भने, ‘अम्लिसो घरैबाट विक्री हुन्छ, तर यो वर्ष मुल्य पाएनँ ।’ अम्लिसोले भाउ नपाउँदा बैकल्पिक खेती रोज्नुपर्ने बाध्यतासमेत किसानमा थपिएको छ ।
 
 वर्षभरि काम गरेर गाँस बासकालागि त्यसैको कमाईको आशमा हुने किसानलाई अम्लिसोको घटेको मुल्यले निराश बनाएको लिम्बुले बताए । एक वर्षयता जिल्लाका २ सय बढी सामुदायिक तथा कबुलियती बन समुहमा अम्लिसो खेती लगाइएको जिल्ला बन कार्यालयले जनाएको छ । जिल्लामा जम्मा ३ सय २८ सामुदायिक र ९६ वटा कबुलियती बन समुह रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ