arrow

'काबिल' : नाम जस्तै चलचित्र, हेरेर रोइन् रेखा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
rekha_kaabil_HUvzoPN.jpeg
एजेन्सी । ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको छ । चलचित्रलाई धेरै दर्शकले मन पराएका छन् । भारतीय संचारमाध्यमका अनुसार , 'काबिल' को स्पेशल स्क्रीनिंगमा पुगेकी अभिनेत्री रेखा चलचित्र हेरेर निकै इमोशनल भएकी थिइन् ।
 
सोमवार राति 'काबिल' को स्क्रीनिंगमा भाग लिएपछि चलचित्र निर्माता तथा ऋतिकका बुवा राकेश रोशन घर पुगे । उनले अचानक घरमा रेखालाई देखे । सो क्रममा रेखा निकै इमोशनल देखिन्थिन् , उनको आखाबाट  आंसु बगिरहेका थिए । उनि राकेश रोशनको श्रीमति पिंकी रोशनसँगै बसेकी थिइन् । राकेश पुगेसँगै उनले ऋतिकको खुलेर तारीफ गरिन् । उनले भनिन् , "राकेश, ऋतिकलाई बलिउडमा आज जुन उचाई मिलेको छ , त्यो तिमिले दिएको हो।"
 
'कृष' सीरीजको चलचित्रमा रेखाले ऋतिकको आमाको भुमिका निभाएकी थिइन् ।  कोई मिल गया (२००३), कृष (२००६) र कृष ३ (२०१३) तीन चलचित्रमा दुवैले निभाएको आमा छोराको भुमिकालाई   निकै मन पाराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ