arrow

शाहरुखको ‘रईस’ र ऋतिकको 'काबिल' कमाइमा को अगाडि ?

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
Raess_itoMjbg.jpeg
एजेन्सी । बलिउडका किंग खान  शाहरुखको चलचित्र ‘रईस’ र क्रिस हिरो ऋतिक रोशन अभिनित चलचित्र 'काबिल' बुधवार रिलीज भएको  छ । दुवै चलचित्रलाई दर्शकहरुले रुचाएका छन् । रईस र  'काबिल'ले  पहिलो दिन भारतीय बक्स अफिसमा शानदार उद्घाटन गरे ।
 
शाहरुख खानको चलचित्र 'रईस' ले शानदार उद्घाटन गर्दै घरेलू बाजारमा  २०.४२ करोड भारतीय रुपैया कमाएको छ भने ऋतिक रोशनको 'काबिल' ले १०.४३ करोड भारतीय रुपैया कमाएको भारतीय ट्रेड विज्ञ तरन आदर्शले जनाएका छन् ।   
 
‘रईस’ र  'काबिल' दुबै बहुप्रतिक्षित चलचित्र हुन् । 'रईस' ले रिलिजको दिन गरेको कमाइ  शाहरुख खानका अघिल्ला चलचित्र  'फैन' र 'डियर जिन्दगि'को  भन्दा ज्यादा हो  । बिहिबार भारतको  गणतंत्र दिवस हो र सो बिदाको अबसरमा  रईसले दोस्रो दिन  भारतीय बक्स अफिसमा रेकर्ड तोड्ने आश लिइएको छ । 
 
दुवै चलचित्रको कमइको रेकर्डको आधारमा  सप्ताहको अन्त्यमा चलचित्र कति सफल रह्यो यसको लेखा जोखा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ