arrow

रोजर फेडेरर अष्ट्रेलियन ओपनकाे फाइनलमा

महिलातर्फ अमेरिकन दिदिबहिनी फाइनलमा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
fede-swi.jpeg

मेलबर्न । स्वीस खेलाडी रोजर फेडेरर अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । आफ्नै होम टाउनका स्टानिस्लास वावरिङ्कालाई ३–२ को संघर्षपूर्ण सेटमा हराउँदै फेडेरर पुरुष एकलको फाइनलमा पुगेका हुन् । १७औं बरियताका फेडेररले चौथो बरियताका वावरिङसँग ७–५, ६–३, १–६, ४–६ र ६–३ को संघर्ष गर्नु परेको हो ।

घुँडाको चोटले ६ महिना पछि टेनिस कोर्टमा फर्किएका फेडेररले पहिलो चरणको खेलमा अष्ट्रेयन खेलाडी यर्गेन मेल्जरलाई स्तब्ध पार्दै विजयी सुरुवात गरेका थिए । चार पटकका विजेता फेडेरर फेरि उपाधि नजिक पुगेका छन् ।

भेनस पनि फाइनलमा, उपाधि भिडन्त आफ्नै बहिनी सेरेनासँग
अमेरिकी खेलाडी भेनस विलियम्स महिला एकल तर्फको फाइनलमा पुगेकी छन् । विहिबार बिहान भएको सेमिफाइनलमा अमेरिकाकै कोको वान्डेवेघेलाई हराएर भेनसले फाइनलमा स्थान पक्का गरेकी हुन् । भेनसले वान्डेवेघेलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन् ।
भेनस ८ वर्षपछि पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी हुन् । १३औं बरियताकी भेनसले उपाधिका लागि आफ्नै बहिनी सेरेना विलियम्ससँग भिड्ने छिन् ।

सेरेनाले सेमिफाइनलमा जर्मन खेलाडी मिरजाना लुसिस–बारोनीलाई २–० को सोझो सेटमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेकी छन् । सेरेनाले बारोनीलाई ६–२ र ६–१ ले स्तब्ध पारिन् । सन् २००३ मा भेनस सेरेनासँग फाइनलमा हारेकी थिइन् । भेनसले १९ वर्ष  अष्ट्रेलियन ओपन खेलेर उपाधि जित्न सकेकी छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ