arrow

आहा ! रारा गोल्डकपको उपाधि भिडन्त सहारा र मनाङबीच

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
aaha--rara-and-Sahara.jpeg

कास्की  । पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधि भिडन्त आयोजक सहारा क्लब र मनाङ मस्र्याङदी क्लबीच हुने भएको छ । विहिबार भएको सेमिफाइनलमा साविक विजेता मनाङले संकटा क्लबलाई १–० ले हराउँदै फाइनल ठाउँ बनायो । चार पटक आहा रारा गोल्डकपको उपाधि जितेको मनाङलाई फाइनल पुर्याउन ओलावाले अफिजले गरेको गोल नै निर्णायक बन्यो ।

ओलावालेले ८५औं मिनेटमा विजयी गोल गरेका हुन् । उपाधि भिडन्त शनिबार हुँदैछ । पहिलो सेमिफाइनलमा आयोजक सहाराले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा हराउँदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार र उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पाउने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले हिरो स्कुटर प्राप्त गर्ने छ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकले १५–१५ हजार र  सर्वाधक गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ