arrow

टि–ट्वेन्टीमा भारतलाई झट्का, इङ्गल्याण्ड ७ विकेटले विजयी

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
morgan-g-na.jpeg

कानपुर । भारतविरुद्धको पहिलो टि–ट्वेन्टी क्रिकेटमा इङ्गल्याण्ड ७ विकेटले विजयी भएको छ । कानपुरमा भएको पहिलो टि–ट्वेन्टीमा कप्तान इओन मोर्गनको अर्धसतकीय मद्दतले इङ्गल्याण्डले ७ विकेटको जित हासिल गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको इङ्गल्याण्डले भारतले दिएको १ सय ४८ रनको चुनौती ११ बल बाँकी छँदै भेट्टायो । इङ्गल्याण्डले १८ ओभर १ बलमा ३ विकेट मात्र गुमाएर चुनौती पार गरेको हो । इङ्गल्याण्डका लागि कप्तान मोर्गनले ५१, जो रुटले अविजित ४६, साम बिलिङ्गसले २२ रन बनाए । भारतका युज्वेन्द्र चहलले २ विकेट लिए ।

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको बनायो । भारतका लागि पूर्व कप्तान महेन्द्रसिंह धोनीले अविजित ३६ रन बनाए । सुरेश रैनाले ३४ रन बनाउँदा कप्तान विराट कोहलीले २९ रन मात्रै बनाउन सके । इङ्गल्याण्डविरुद्धको टेष्ट र एकदिवसीय श्रृंखला जितेको भारत टि–ट्वेन्टीमा १–० ले पछि परेको छ । तीन खेलको श्रृंखलामा इङ्गल्याण्डले १–० को अग्रता लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ