arrow

भारतको गणतन्त्र दिवसमा नेताका भाषण, दुवै देशलाई लाभ हुने गरी अघि बढौँ

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
bharatko-ganatantra-diwas.jpeg

काठमाडौँ । राजनीतिक दलका नेताले नेपाल–भारत सम्बन्ध दुवै देशलाई लाभ हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । भारतको ६८ औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारतमैत्री समाजले गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले दुई देशबीच विकास सहयोग कार्यान्वयन अघि बढाउने समझदारी बनेको बताए ।

‘रिजभ्र्वायर आयोजनासम्बन्धी छाता सम्झौता गरी ठूला जलविद्युत् आयोजना सञ्चालन गर्नसके दुवै देशलाई फाइदा हुन्छ,’ उनले भने, ‘विश्वमै उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको भारतबाट नेपालले सहयोग पाउने आशा छ ।’ कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले पूर्व–पश्चिम हुलाकी राजमार्ग बन्न नसक्दा तराई क्षेत्रको विकास हुन नसकेको गुनासो गरे ।

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले महाकाली सन्धी कार्यान्वयन भई पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन छिटो तयार हुनुपर्ने बताए ।

पूर्वमन्त्री रामशरण महत, राप्रपाका नेता पशुपति शम्शेर जबरा, राप्रापका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र महेन्द्र यादव, नेपालका लागि भारतीय राजदूत रणजीत राय, समाजका अध्यक्ष प्रेम लस्करी र उपाध्यक्ष लोकविक्रम थापा लगायतले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाइनुपर्नेमा जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ