arrow

काश्मिरमा हिमपहिरोमा परी ११ भारतीय सेनाको मृत्यु

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
kashmir.jpeg
श्रीनगर । भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा ११ जना भारतीय सेनाको मृत्यु भएको छ ।
 
भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने सात जनालाई सकुशल उद्धार गरिएको छ । 
 
त्यसैगरी गस्तीमा रहेका अन्य सात सैनिकको पनि सोही हिमपहिरोमा परी मृत्यु भएको भारतीय सेनाका कर्नेल राजेश कालियाले बताए । 
 
उनका अनुसार तीन सैनिक अधिकारीको शव बुधबार हिउँबाट निकालिएको थियो भने थप चार जनाको शव बिहीबार निकालिएको छ । 
 
उक्त क्षेत्रमा हरेक वर्ष चिसो याममा पर्ने हिउँ र हिमपहिरोका कारण हरेक वर्ष दर्जनौँ भारतीय तथा पाकिस्तानी सेनाको मृत्यु हुने गर्छ । 
 
सोही क्षेत्रमा बुधबार एकै परिवारका तीन जना भारतीय नागरिकको मृत्यु भएको थियो भने अर्को एक घटनामा एक सैनिक जवानको समेत मृत्यु भएको थियो । 
 
भारतीय मौसमविद्ले उक्त क्षेत्रमा आगामी दुई दिनसम्म भारी हिमपात हुने जनाएपछि भारतीय अधिकारीले हिमपहिरोको जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थलमा जान सर्वसाधारणलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ