arrow

विद्यालयमा विदेशी गीत पूर्णरुपमा प्रतिबन्ध, प्रस्तुत गरे कार्वाही

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
school-class-teacher.jpg.jpeg
काठमाडौं । सरकारले विद्यालयमा आयोजना हुने बार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
 
शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुुत गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
 
यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनःनिर्देशन दिएको हो ।
 
विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय निर्देशनालयलाई पत्राचार गरी विभागको निर्देशनअनुसार अनुगमन गर्नसमेत निर्देशन गरेको छ ।
 
विभागले गरेको परिपत्रमा नेपाली लोक संस्कृति र राष्ट्रियता झल्कने गीत, संगीत र नृत्यहरु समावेश गराउन निर्देशन दिएको हो ।
 
अन्य भाषाको गीतले विद्यालय क्षेत्रमा सांस्कृतिक विकृति बढ्न थालेपछि सरकारले त्यस्ता कार्यक्रम सञ्चालन नगर्न पूर्ण रुपमा लोक लगाएको हो । (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ