arrow

स्थानीय तह निर्वाचनमा नौलो विधेयक – पुराना बिदा नहुँदै नयाँ चुन्ने कानुन

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
election.jpeg
काठमाडौं । स्थानीय तहलाई अविच्छिन्न अधिकार सम्पन्न बनाउन निर्वाचित प्रतिनिधिको कायृकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन हुने व्यवस्था गरिने भएको छ।
 
करिब १४ वर्षदेखि स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नभएको हालको अवस्थालाई ध्यान दिँदै संसद्को राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा यस्तो व्यवस्था गर्न लागेको हो ।
 
‘संविधानमा स्थानीय तह गाउँपालिका र नगरपालिका अविच्छिन्न अधिकार सम्पन्न हुने भनेकाले यस्तो व्यवस्था स्थानीय तह निर्वाचन विधेयकमा गर्न लागिएको हो’, उपसमिति सदस्य रामेश्वर फुयाँलले भने, ‘विगतमा निर्वाचन हुन नसकेको तथ्यलाई ख्याल गर्दै यस्तो व्यवस्था प्रस्ताव गर्न लागिएको हो ।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ