arrow

पत्रकार महासंघको चुनावी विवाद बढ्दो, इलाममा धाँधली

सभापतिले मनोमानी गरेको भन्दै कार्यसमिति दुई सदस्यको असहमतिपत्र

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
FNJ.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघ इलाम शाखाको पूर्ण बैठकले नेपाल पत्रकार महासंघको सदस्यताका सिफारिस गरेको भएपनि इलाम शाखाका सभापति रोहितचन्द्र भट्टराईले मनोमानी गरेको भन्दै महासंघका दुई कार्य समिति सदस्यले केन्द्रिय कार्यसमितिमा असहमतिपत्र बुझाएका छन् । 
 
सभापति भट्टराईले नेपालवाणी एफ एमका कार्यक्रम सञ्चालक एवम् हाल टिभी फिल्मीका कार्यक्रम सञ्चालक सरोज कटुवाल, नेपालवाणी एफ एममा कार्यरत सुवास भट्टराई र सुवास गुरागाई, चियावारी दैनिकका सह सम्पादक र न्यूज ट्वेन्टी फोर का इलाम संवाददाता ठोमनाथ तिम्सिना विनयलाई गैर पत्रकार भन्दै सदस्यता स्विकृत नगर्न केन्द्रमा पठाएको महासंघका कार्यसमिति सदस्य सुदिप श्रेष्ठ र राजेश पराजुलीले असहमती जनाएका हुन् ।
 
श्रेष्ठ र पराजुलीले केन्द्रलाई लेखेको पत्रमा व्यक्तिगत पुर्वाग्रहपूर्वक केन्द्रिय समितिमा पेश गरेको निज भट्टराईका नितान्त व्यक्तिगत धारणा मात्र भएको र कार्यसमितिको निर्णय नभएको उल्लेख गरेका छन् । 
 
नेपाल प्रेश युनियन इलाम र प्रेस सेन्टर इलामले पनि सो कदमको विरोध गर्दे महासंघको केन्द्रिय कार्यालयमा उजुरी दर्ता गराएको छ । 
 
दुवै संगठनले शाखाले सिफारीस गरेका ३५ जना सदस्यको नाम हटाए आन्दोलन गर्ने चेतावनी पनि दिएको सेन्टरका अध्यक्ष राजेश पराजुलीले जानकारी दिए ।   
 
महासंघमा मनपरि भएको भन्दै नेपाल प्रेश युनियन र प्रेस सेन्टर नेपालले महासंघको आज देखि हुन लागेको तालिम सहितका कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको युनियनका सचिव गणेश घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ