arrow

६ वर्षिया बालिका जवर्जस्ती करणी अभियोगमा युवक थुनामा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ माघ १४ शुक्रबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। ६ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा रोल्पामा एक युवकलाई प्रहरीले विहिबार पुर्पक्षका लागि थुनामा राखेको छ।
 
राङ्सी–६ रोल्पाका १९ वर्षिय अर्जुन घर्तीमगरले ६ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाको आदेश अनुसार प्रहरीले घर्तीमगरलाई थुनामा राखेको हो।
 
पिडीत बालिकाकी आमाका अनुसार २०७३ पुस २० गते विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै घर्तीमगरले जवर्जस्ती करणी  गर्न खोजेपछि बालिका रुदै कराउदै घर गएकी थिइन्।  
 
घटना घटेको ४ दिनपछि पिडीतकी आमाले इलाका प्रहरी घर्तीगाउँमा २०७३ पुस २४ गते जाहेरी दिनुभएको थियो । जाहेरी दिए लगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको थियो।
 
यसरी थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रोल्पाका डिठ्ठा केशवकुमार बस्नेतले जानकारी दिए। 
 
विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाई फकाइ जवर्जस्ती करणीको प्रयास गरेको बझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ