arrow

मन्त्रिपरिषद्को निर्णय : डा. केसीसँगको सहमति कार्यान्वयन गर्न कार्कीको नेतृत्वमा समिति

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
G-kc-naya-photo.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक संघर्ष गर्दै आएका डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्न भन्दै सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा डा.श्रीकृष्ण गिरी, उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहने छन् ।

समितिले दन्त तथा आयुर्वेद विज्ञानबारे समेत सरकारलाई सुझाव दिनेछ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनमा तीब्रता दिन यो निर्णय गरेको हो ।

बैठकका अन्य निर्णय
बैठकले गरीबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ । बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय लिएको छ । बैठकले आगामी वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ ।

मुस्ताङको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिटै नापी गर्ने, नवलपरासीको बेलाहानी लगायतका क्षेत्रका बसोबासीहरुको जग्गा दर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै, सडक लगायतका विकास पूर्वाधारको तीब्रताका लागि विभिन्न स्थानमा योजना कार्यालयहरु स्थापना गर्ने निर्णय भएको छ । बैठकले नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ