arrow

सैनिक विमान दुर्घटनामा दशको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2-bsf-crash-site-759-(1).jpg.jpeg
नयाँ दिल्ली । चार्टर गरेर सेनाका सदस्यहरुलाई लगिएको बीएसएफको विमान नयाँ दिल्लीको प्रमुख विमानस्थलनजिकै मङ्गलबार दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका १० व्यक्तिको मृत्यु भएको समाचार छ । भारतीय एक मन्त्रीले सो दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । विमानचालकसहित विमानमा सवार रहेका दशै व्यक्तिको मृत्यु भएको कनिष्ठ नागरिक उडड्यान मन्त्री महेश शर्माले बताएका छन् । 
 
दुई इञ्जिन भएको सानो उक्त विमान सेनाका १० सदस्यलिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि नै दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार सोमबार बिहान ९ः५० बजे बिहान रहेको गरिएको छ । तर दुर्घटनाको सूचना तत्कालै प्राप्त गर्न भने नसकिएको जनाइएको छ । 
 
विमानस्थलबाट विमान उडेको केहि समयपछि नै चालकसँग सम्बन्ध बिच्छेद भएको वायुसेवाका अधिकारीहरुले जानकारी दिएका छन् । सो दुर्घटनाग्रस्त इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ