arrow

'सरकारको निर्णय' जनतालाई बेवकुफ बनाउने र आँखामा छारो हाल्ने काम ‌: डा. केसी

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । १०औं अनसनका क्रममा भएका सहमति कार्यान्वयन गर्न भन्दै सरकारले शुक्रबार गरेरको निर्णयलाई डा. गोविन्द केसीले जनतालाई बेवकुफ बनाउने र आँखामा छारो हाल्ने काम भन्नु भएको छ । हाम्राकुरासँग कुरा गर्दै डा. केसीले आफुलाई २ हप्तामा सम्झौता अनुसारका तीन वटा समिति बनाइसक्ने भनिएकामा २ महिना पुगेपनि काम नभएको बताए ।

डा. केसीले भने, ‘२ हप्तामा ३ वटा समिति बन्नु पर्ने थियो । २ महिना पुगिसक्यो । पछिल्लो समय मैले दिएको अल्टिमेटम सकिन लागेपछि यो अब अनसन बस्छ भनेर आँखामा छारो हाल्न खोजिएको हो ।’ भने अनुरुप समिति बन्नु पर्ने थियो, डा. केसीले थपे, ‘सम्झौता गरेकै दिन देखि कार्यान्वयन गर्ने भनिएको थियो । कार्यान्वयनको त के कुरा ? प्रधानमन्त्री र शिक्षामन्त्री आफैले सम्झौता उल्लंघन गरिसक्नु भो । आफु नजिककासँग आफ्नो हात जगन्नाथ गरिसक्नु भो ।’ केसीसँगको सम्झौता अनुसार न्यायिक आयोग, चिकित्सा ऐनको मस्यौदा गर्ने कानुन मस्यौदा समितिलगायत बन्नु पर्ने थियो ।

मुख्य विषय मेडिकल कलेजहरुको शुल्क निर्धारणलाई केसीले बढि जोड दिएका थिए । शुल्कका कारण मेडिकल कलेजहरुको भर्ना र पठाइमा ठूलो असर पुगेकोप्रति डा. केसीले चिन्ता जनाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेपछि डा. केसीले निर्णयप्रति आपत्ति जनाएका हुन् ।  

समितिमा डा.श्रीकृष्ण गिरी, उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहने भनिएको छ । केसीले भनेका छन्, ‘मसँग भएको सम्झौतामा १२ वटा बुँदा छ । कुन कुन् बुँदा उल्लंघन भए भन्ने जवाफ पनि अब माग्नु पर्ने बेला भएको छ । मेरो अल्टिमेटमको समय सकिँदैछ । फेरि संघर्ष गर्नु पर्ने पक्का भएको छ ।’ केसीले गएको मंसिर १९ गते सबै भन्दा लामो २२ दिन पछि अनसन तोडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ