arrow

संचारमन्त्री भन्छन्–इन्टरनेटले पठन संस्कृति घट्यो

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
Ram-Karki-pictures-6.jpeg

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्टरनेटको माध्यमका कारण पठन संस्कृति घट्दै गएको बताएका छन् । कवि शम्भुकुमार मिलनले लेखेको ‘आँखामा जापान,  मनमा नेपाल’ नामक यात्राकाव्यको विमोचन गर्दै मन्त्री कार्कीले पाठकलाई आकर्षित गर्न पठन संस्कृतिको अभिरुचिअनुसार लेख, सामग्री प्रकाशन गर्न लेखक, साहित्यकारको ध्यान जानुपर्ने औँल्याए ।

सञ्चारमन्त्री कार्कीले लेखक, साहित्यकारको बाँचुन्जेल सम्मान नहुने तर मृत्युपछि गुणगान गाउने परिपार्टी अन्त्य गरी जीवितै अवस्थामा सम्मान गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको बृहत्तर विकासमा लेखक सर्जकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलगायत विशिष्ठ सर्जक उपस्थित थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ